शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ताप्लेजुङमा झगडा मिलाएर फर्कदैं गरेका असईकाे बाटाेमै मृत्यु

दैनिक नेपाल २०७७ जेठ ८ गते १०:०३

ताप्लेजुङ, ८ जेठ । ताप्लेजुङ जिल्लामा गाउँमा झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भएको छ ।

सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ मा रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक(असई) बालकुमार राईको बाटाेमै मृत्यु भएको हो ।

सुरुङखीमा भएको झगडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका थिए ।

असहज भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगे । राईले त्यसपछि बान्ता गर्न थालेको र केही समयमै उनको मृत्यु भएको खबर प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

जिल्ला प्रहरीबाट प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिएका छन् ।

भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केही महिनाअघि मात्र खेवाङ पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित