शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इटालीमा खेलहरू अगस्ट तेस्रो हप्ता सक्ने तयारी

दैनिक नेपाल २०७७ जेठ ८ गते ९:३९

लण्डन, ८ जेठ । इटालीको फुटबल फेडेरेशनले कोरोना भाइरसको महामारीका कारण रोकिएको यो सिजनका बाँकी खेलहरु पूरा गर्ने समय सीमा तोकेको छ ।

आउँदो अगस्ट २० भित्र यो सिजनका खेल टुंग्याउने एफआइजिसीले उल्लेख गरेको हो ।

इटालियन सिरी ए फुटबलसहितका लिगको अर्को सिजन आउँदो सेप्टेम्बर १ देखि सुरु गर्ने तयारी छ।

मध्य मार्चदेखि कोरोना भाइरसको महामारीका कारण यो सिजनका खेलहरु प्रभावित भएका छन् । रोकिएका शीर्ष तीन लिगका खेलहरु जसरी पनि पूरा गर्ने तयारीमा छ एफआइजिसी ।

सिरी ए मा १२ चरणका पूरै तथा अरु चार खेल हुन बाँकी छ । लगातार नवौँ सिजन उपाधि जित्ने होडमा रहेको युभेन्टस लाजिओ भन्दा एक अंकले अघि रहेर शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित