शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

डडेल्धुरा जिल्लामा लकडाउनमा पनि मदिरा बिक्री रोकिएन

दैनिक नेपाल २०७७ जेठ ८ गते ९:२७

फाइल तस्वीर

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ८ जेठ । डडेल्धुरा जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रमा लकडाउनको समयमा पनि मदिरा बिक्री भइरहेको छ ।

कोरोना भाईरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेको छ । लकडाउनले गर्दा जनजीवन प्रभावित भइरहको छ । डडेल्धुराका स्थानीय तहमा मदिरा बेचबिखन कार्य जारीनै छ ।

जिल्ला सदरमुकामका केही होटेल तथा पछाडिको ढोका प्रयोग तथा आधि सटरहरू खुल्ला गरेर मदिरा कारोबार गरिरहेका छन् । ग्रामीण क्षेत्रहरूमा किराना पसलसंगै मदिरा बिक्री वितरण भइरहेको छ ।

गन्यापधुरा गाउँपालिकाका अध्यक्ष र केही युवाहरूबीच झडप समेत भएको छ । मदिरा निषेधित क्षेत्र भए पनि मदिरा खानेको भने कमी छैन ।

गत शुक्रबार जिल्ला सदरमुकाम बागबजारमा ड्यिुटीमा रहेका असईमाथि मदिरा सेवन गरेका युवाले हातपात गरेका थिए ।

जेठ ४ गते मदिरा बोकेको जीप र चालकसहित मदिरा भात्काडा प्रहरी चौकीले नियन्त्रण गरेको थियो ।

चैत ११ गतेदेखि जेठ ७ गतेसम्म जिल्लाभरि मादक पदार्थ सेवन गरि होहल्ला तथा गालिगलौच गर्ने १४ जना, मदिरा ओसारपसार गर्ने १३ जना, मदिरा सेवन गरी सवारी चलाउने ५ जना गरी ३२ जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित