बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अछाम जान लागेका २ जना नक्कली स्वास्थ्यकर्मी डडेल्धुरामा पक्राउ

दैनिक नेपाल २०७७ जेठ ८ गते ८:३९

राजेन्द्र ठगुन्ना

डडेल्धुरा, ८ जेठ । लकडाउनको समयमा सवारी चेकचाज गर्ने क्रममा ड्युटीमा खटिएको प्रहरी टोलीले दुई जना नक्कली स्वास्थ्यकर्मी पक्राउ गरेको छ ।

धनगढीबाट अछाम जान लागेका अछाम चौरपाटी १ का चन्द्रबहादुर साउद र अछाम सिउडी नै बस्ने जितबहादुर साउदलाई डडेलधुराको स्याउले बजारमा चेकचाज गर्दा अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेर भेटिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

धनगढीको मायामेट्रोमा कार्यरत कर्मचारीहरुको कार्डबोकेर अछाम जानलागेको २ जना नक्कली स्वास्थ्यकर्मीलाई पक्राउ गरि संक्रमण रोग नियन्त्रण ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाइएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए ।

प्रतिक्रिया
सम्बन्धित