शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

मूलपानीमा रहेको गाईफर्म आगलागी

दैनिक नेपाल २०७७ जेठ ८ गते ६:३८

काठमाडौं, ८ जेठ । काठमाडौंको पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ७, मूलपानीमा रहेको गाईफर्म आगलागी भएको छ ।

मूलपानीको लक्ष्मीनारायणचोकमा रहेको गाईफर्ममा बुधबार राति आगलागी भएको हो ।

आगलागीबाट ६ वटा गाई मरेको जानकारी प्राप्त भएको बौद्ध प्रहरीले जनाएको छ । आगोलागीको कारण भने थाहा भइसकेको छैन । गाईफर्ममा लागेको आगो बासिन्दा र प्रहरीले दमकलको सहयोगमा निभाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित