बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कपिलवस्तु र रुपन्देहीमा ५ बालबालिकासहित थप १३ जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ जेठ ७ गते १५:४८


काठमाडौँ, ७ जेठ । कपिलवस्तुमा १२ र रुपन्देहीमा १ जना गरी थप १३ जना संक्रमित थपिएका छन् ।

उनीहरुको प्रदेश जनस्वास्थ्य कोरोना प्रयोगशाला, रुपन्देहीमा गरिएको परीक्षणमा वुधबार कोरोना पोजेटिभ देखिएको हो । संक्रमण पुष्टि हुनेमा वैशाख ३१ गते भारतको सुनौलीस्थित क्वारेन्टाइनबाट ल्याइएका पुरुष रहेका छन् ।

त्यस्तै, कपिलवस्तुका १२ जनामध्ये ९ जना महाराजगञ्ज नगरपालिकाका छन् भने ३ जना विजयनगर गाउँपालिकाका रहेका छन् । उनीहरुमा २ देखि १४ वर्षका बालबालिका रहेका छन् । २ र १४ वर्षीय बालक र ३, ४ र ५ वर्षीया बालिकामा कोरोना देखिएको हो ।

यससँगै नेपालमा ४ सय २० जना कोरोना संक्रमित पुगेका छन् । त्यसमध्ये ४५ जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित