शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

१० जनामा कोरोना पुष्टि भएपछि पाँच वटै वडा सिल

दैनिक नेपाल २०७७ जेठ ७ गते ९:२८

दमक, ७ जेठ । झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मंगलबार सिल गरिएको छ ।

दक्षिण झापासँग सीमा जोडिएको गाउँपालिकाका १ देखि ५ सम्मका वडा सिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । गाउँपालिकामा सात वडा रहेका छन् ।

शनिबार भारतको मुम्बइबाट आएका ३३ जनालाई केचना, पाठामारी र घेराबारीस्थित सीमा क्षेत्रबाट उद्धार गरी वडा नम्बर २ मा रहेको पथरिया माध्यमिक विद्यालयको क्वरेन्टीनमा राखेर पीसीआर परीक्षणका लागि कोशी अञ्चल अस्पताल स्वाब सङ्कलन गरी पठाइएको थियो ।

उनीहरूमध्ये सोमबार साँझ एक २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार थप नौ जनामा पुष्टि भएको थियो । उनीहरूलाई राखिएको क्वरेन्टीनमा समेत सिल गरिएको छ ।

सोही गाउँपालिकाकाको सीमा क्षेत्रबाट मात्र चार दिनभित्रमा १४६ नेपाल प्रवेश गरेका छन् । सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई सुरक्षित तरिकाले क्वरेन्टीनमा ल्याएर राखिएको हुँदा गाउँवासीमा त्रास नफैलिएको पालिकाका अध्यक्ष अञ्जार आलामले बताए ।

प्रतिक्रिया
सम्बन्धित