शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मेघगर्जनसहित वर्षा हुने सम्भावना, अंपुन चक्रवातको प्रभाव पर्ने

दैनिक नेपाल २०७७ जेठ ७ गते ८:१३

काठमाडाैं, ७ जेठ । देशका धेरैजसो ठाउँमा आज मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेकाे छ ।

अंपुन चक्रवातको प्रभावका कारण पूर्वी र मध्य क्षेत्रका सबैजसो ठाउँ र पश्चिमका केही ठाउँमा मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।

चक्रवातले नेपाली जमिन छुने र त्यसपछि मेघगर्जन, वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ । बेलुका चक्रवातको प्रभाव बढि पर्ने र रातिबाट प्रभाव कम हुँदै बिहीबार दिउँसोबाट मौसममा सुधार आउन शुरू गर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चक्रवातको प्रभाव ३/४ दिन रहने भएकोले अबका केही दिन मौसम केहीबेर खुले पनि बादल तथा सामान्य वर्षा पनि हुनेछ ।

अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले मेघगर्जन, चट्याङ र हावाहुरी तथा हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित