शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

गुप्तचरका कर्मचारीलाई पनि काेराेनाकाे संक्रमण

दैनिक नेपाल २०७७ जेठ ७ गते ८:०६

काठमाडौं, ७ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ४०२ पुगेको छ । २ जनाले ज्यान गुमाइसकेका छन् । जेठ महिनाको ६ दिनमै दोब्बरले संख्या वृद्धि भएको छ ।

पछिल्लो पटक संक्रमित भएकामा कोरोना भाइरसको टेष्टका लागि नमूना संकलनका लागि पुगेका डाक्टर पनि छन् ।

उनी सरुवा रोग अस्पतालबाट काजमा खटिएका ललितपुर घर भएका हुन् । यसअघि नेपाली सेनाका दुई जनालाई महोत्तरीमा संक्रमण पत्ता लागेको थियो । प्रहरी र सशस्त्र प्रहरीमा कार्यरतहरू पनि संक्रमित भइसकेका छन् ।

गुप्तचर विभागका कर्मचारी पनि संक्रमित भेटिएका छन् । पर्सा, बारा र धनुषामा फिल्डमा खटिएका पत्रकारहरू पनि संक्रमित भएका छन् । नेपालमा विभिन्न पेशा तथा क्षेत्रका मानिसमा धमाधम संक्रमण देखिन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित