शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

बृन्दावनमा ६२५ बेडको क्वारेन्टाईन निर्माण

दैनिक नेपाल २०७७ जेठ ७ गते ७:३४

रुपेन्द्र पटेल

रौतहट, ७ जेठ । रौतहटको बृन्दावन नगरपालिकाले आफ्नो नगर क्षेत्र अन्तर्गत एकै पटक ६ स्थानमा करिब ६२५ बेडको क्वारेन्टाईन कक्ष निर्माण गरेको छ ।

नगरपालिकाका नगर प्रमुख रामस्नेही यादवले भारतबाट नेपालको सीमा नाकासम्म आएर बसेका आफ्ना नागरिकलाई उद्दार गरेर राख्ने उदेश्यले क्वारेन्टाईन निर्माण गरिएको नगर प्रमुख यादवले बताएका छन् ।

नगर प्रमुख यादवका अनुसार भारतको बिभिन्न स्थानबाट सीमा नाकासम्म आएका नागरिकलाई उद्दार कार्य बुधबारबाट शुरु हुने बताएका छन् ।

बृन्दावन नगरपालिका अन्तरगतका नागरिकले भारतमा काम गर्न पुगेका र बन्दाबन्दीमा घर आउन नपाएका नागरिक सीमा सम्म आएर फसेकालाई उद्दार गरेर तोकिएको समय अवधिभर क्वारेन्टाईनमा राख्ने नगरपालिकाले जनाएका छन् ।

बृन्दावन वडा नं—१, २, ३ को लागी श्री नेपाल उच्च माबी बिश्रामपुर, वडा नं— ४ र ५ का लागी श्री सरवस्ती माबी हर्दिया पल्टुवा, वडा नं—६ र ७ का लागी उच्च मावि सखुअवा धमैरा र प्रबि विद्यालय चमनपुर त्यस्तै वडा नं—८ का लागी उच्च माबी वर्गाजवा र वडा नं — ९ का लागी भुसहा मर्दसामा क्वारेन्टाईन कक्ष निर्माण गरिएको बृन्दावन नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नागेन्द्र राय यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित