बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय नाघ्यो

दैनिक नेपाल २०७७ जेठ ६ गते १६:३७

काठमाडौँ, ६ जेठ । नेपालमा थप २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मलेनमार्फत थपिएका संक्रमितको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा ४ सय २ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ३७ जना निको भएका छन् भने २ जनाको निधन भएको छ । झापाका ६२ वर्षीय कोशी अस्पतालबाट २५ दिनपछि डिस्चार्ज भएसँगै निको हुनेको् संख्या ३७ जना पुगेको हो ।

थपिएका संक्रमित उपत्यकाका पनि रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाकाअनुसार काठमाडौँ जिल्लामा ३ जना थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन् । ललितपुरमा भने कोरोना संक्रमण पहिलो पटक देखिएको हो ।

त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका मध्ये २४ पुरूष र तीन महिला रहेका देवकोटाले जानकारी दिएका छन् ।

नेपालका ३६ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको छ ।

प्रतिक्रिया
सम्बन्धित