बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कोरोना रोकथामका लागि ‘बेटर परफरमेन्स’ गरेको छुः प्रधानमन्त्री

दैनिक नेपाल २०७७ जेठ ६ गते १५:४७

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आफूले सबैभन्दा राम्रो काम गरेको दाबी गरेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा ओलीले सम्बोधन गर्दै कोरोना रोकथामका लागि ‘बेटर परफरमेन्स’ गरेको दाबी गरे । उनले कोरोनाबाट आफूलाई काम गर्न असहज भएको पनि बताएका छन् ।

‘त्यो विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार हो । त्यस्तो अवस्था पनि होइन’, उनले भने, ‘नेपालले बेटर प्रफरमेन्स गरेको छ ।’

‘कोरोना नियन्त्रणको सम्बन्धमा हाम्रो जस्तो भूगोल छ’, उनले भने, ‘जस्तो खुला सिमाना छ । जसरी मान्छेहरू लुकिछिपी आउन सक्ने अवस्था छ । कुनै रोकतोकको अवस्था छैन । यो फैलिसकेपछि हामी सचेत भएर के गर्ने ? फैलिनभन्दा सचेत हुनुपर्ने अगाडि हो ।’

ओलीले दुई जनाको कोरोनाबाट मृत्यु भएको बताउँदै भने, ‘कोरोनाको लक्षण देखिएर मृत्यु भएको भनिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित