शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

चारैतिर फर्किएको सिंह जस्ताेभन्दै प्रधानमन्त्री ओलीले भारतकाे दादागिरिकाे धज्जी उडाए

नयाँ नक्सा जारी भएसँगै आगामी दिनमा सजिलो छैन

दैनिक नेपाल २०७७ जेठ ६ गते १५:३४

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा जारी भएसँगै आगामी दिनमा आफूलाई सजिलो नहुने बताएका छन् ।

मंगलबार बसेको संसदको बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ सार्वजनिक भएसँगै देखिएका टिकाटिप्पणीहरूले असजिलो बनाइरहेको बताए । उनले नयाँ नक्सा लागू गर्न संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

‘नयाँ नक्साले पाठ्य पुस्तकहरूमा परिवर्तन ल्याउनेछ । लोगोमा परिवर्तन ल्याउनेछ’, ओलीले भने, ‘जे लक्षण हामीले देखेकौ छौँ एकदम सजिलो हुने छैन । जस्तो मान्छेहरूले टिप्पणी गर्दै छन् ।’

‘भारतको एउटा प्रतीक चिन्ह छ, त्यो भारत भनेर चिनिने । चारमुखे सिंह । अशोकाले सथापना गरेको चारमुखे सिंह’, ओलीले भने, ‘चारतिर फर्किएको सिंह । भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको हुन्छ । सत्यमेव जयते भारतको चिन्हमुनि छ ।’

उनले भनेका छन्, ‘विश्वास चाहिँ म गर्छु । म सोध्ने वालाछु भारतलाई सत्यमेव जयते कि ? सिंह जयते ? सिंहमेव जयते कि सत्यमेव जयते ? अब दुइटै लेख्या छ । माथि सिंह छन्, चारमुखे, तलतिर सत्यमेव जयते छ ।’

‘त्यस कारण म विश्वास गर्छु नेपाल विश्वास गर्छ, हामी सबै विश्वास गर्छौं सत्यमेव जयतेमा’, उनले भने, ‘त्यस कारण हामी हाम्रो भूमि फिर्ता गर्न सक्दछौँ । किन भने सत्यमेव जयते । अरु तपसिलका कुराहरू म पछि भन्नेछु ।’

ओलीले ब्याङ्गात्मक रुपमा चार मुखे सिंह जस्तै भारतको छिमेकीहरूसँग व्यवहार हुने गरेको भन्दै आलोचना गरेका छन् । उनले भारतलाई छिमेकीहरूको सम्मान गर्न सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित