शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

प्रधानमन्त्री भन्छन्– भारतबाट आएको भाइरस कडा, नागरिककलाई ज्यान गुमाउन नदिने प्रयासमा सरकार

दैनिक नेपाल २०७७ जेठ ६ गते १२:४२

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमावर्ती क्षेत्रबाट कोरोना भाइरस (कोभिड–१९) संक्रमितको प्रवेशका कारण समस्या भएको बताएका छन् ।

मंगलबार नीति तथा कार्यक्रमबारे प्रतिनिधि सभामा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने,‘बुहान, इटली, दुबईबाट भन्दा पनि भारतबाट भित्रिएकामा कडा खालको भाइरस रहेछ ।’

भारत हुँदै नेपाल छिरेकाको भाइरस संक्रमणका कारण मृत्यु भएको पृष्ठभूमीलाई आधार बनाउँदै प्रधानमन्त्री ओलीले त्यसो भनेका हुन् ।

कोरोनाका कारण नागरिकको ज्यान नगुमोस् भनेर सरकारले गरेको प्रयासमा केही धक्का पुगेको बताएका उनले यो प्रयासलाई कायम राखिएको बताए । भारतबाट आएका मानिस लुकेर बसेका कारण समस्या देखिएको पनि उनको प्रष्टोक्ति थियो ।

प्रतिक्रिया
सम्बन्धित