बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिने

दैनिक नेपाल २०७७ जेठ ६ गते ९:४४

काठमाडौं, ६ जेठ । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ मंगलबार प्रधानमन्त्री केपी ओलीले दिने भएका छ ।

संसद बैठक मंगलबार दिउँसो १२ बजेका लागि बोलाइएको छ । सोही बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यसूची छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७–७८ नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

नीति तथा कार्यक्रममाथि आइतबार र सोमबार छलफल भएको थियो । नीति तथा कार्यक्रममा सातवटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि संशोधन प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम मंगलबार नै पारित गर्ने कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित