शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

पर्यटन प्रवर्धनका लागि कुलुङ्गमा पदमार्ग निर्माण

दैनिक नेपाल २०७७ जेठ ६ गते ८:०१

वि.वि. श्रेष्ठ

कुलुङ्ग, ६ जेठ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १४ मा रहेको कुलुङ्गमा पर्यटन प्रवर्धन गर्ने उद्येश्य स्वरुप पदमार्ग निर्माण गरिएको छ ।

जिल्लाको चर्चित होम स्टे रहेको कुलुङ्गमा थप पर्यटनको प्रवर्धन गर्नका लागि पदमार्ग निर्माण गरिएको हो ।

व्यास नगरपालिका वडा नं १४ को चालु आर्थिक वर्ष ०७६।०७७ को ३ लाख वजेट वाट पदमार्ग निर्माण गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।

विश्वमा नै चर्चित पर्यटकीयस्थल वन्दिपुर जाने मार्गमा पदमार्ग निर्माण गरिएको छ । भौगोलिक र पर्यटकीय दृष्टिकोणले सामरिक रहेको कुलुङ्कमा पदमार्ग निर्माण पछि त्यसको थप गरिमा वढ्ने स्थानीय शिक्षक कृष्णबहादुर थापाले जानकारी दिए ।

यो आफैमा भौगोलिक सुन्दरता वोकेको स्थान हो । ‘त्यसमाथि पनि यहाँको होम स्टेले स्थानीय पाहुना मात्र होइन, देश तथा विदेशको पाहुनाहरू समेत आउने गर्दछन्’, वडाध्यक्ष श्रेष्ठले भने ।

वन्दिपुरवाट रामकोट हुँदै कुलङ्गसम्म आउनेहरूका लागि कुलुङ्ग रमणीय स्थान भएको हुनाले यसको संरक्षण गर्न वडाले विशेष महत्व दिएको उनले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित