शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘पहिलोपटक गर्वको अनुभूति भयो, ओलीज्यू खुट्टा नकपाउनु होला’- काँग्रेस नेता भण्डारी

दैनिक नेपाल २०७७ जेठ ५ गते २३:३८


काठमाडाैं, ५ जेठ । नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले भारतबाट अतिक्रमित लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा जारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गर्व व्यक्त गरेका छन् ।

मन्त्रिपरिषदले नक्सा पारित गरेलगत्तै प्रतिक्रिया दिँदै काँग्रेस नेता भण्डारीले ओली सरकारले आम नेपालीलाई गर्वको अनुभुति दिलाएको बताएका हुन् ।

‘सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ । देशको हितमा बोल्दा बिपी कोइरालाको सरकार अपदस्त भयो । कृष्णप्रसाद भठ्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो दैशमा । मैले पनि अनुभूति गरेको छु । पहिलो पटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्री केपी ओलीज्यू तपाई र मेरो सैद्धान्तिक धरातल फरक हो तर नेपाल आमा एउटै हुन । खुट्टा नकपाउनु होला, भष्ट्राचारीलाई पनि नछाड्नु होला’- भण्डारीले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित