३ कार्तिक २०८३, मंगलबार

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३ सय ५ पुग्यो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । सोमबार थप एकजना युवकमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत शुक्रबार राति भारतको मुम्बईबाट आएका मोरङको रतुवामाई नगरपालिका १, सोनापुरका २५ वर्षीय युवकमा कोरोना देखिएको हो ।

मुम्बईबाट फर्किएको रात घरमा बसेपछि भोलिपल्ट उनका काकाले मोटरसाइकलमा राखेर परीक्षण गर्न लगेका थिए । आरडीटी पोजेटिभ आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न विराटनगर पठाइएको थियो ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिने तयारी गरिएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५ जना पुगेको छ । जसमध्ये ३६ जना निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।