शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

एमसीसीबारे नेकपा नेता खनाल र रावलको प्रधानमन्त्रीलाई असहमतिको लिखित पत्र

दैनिक नेपाल २०७७ जेठ ५ गते १३:५६

काठमाडौं, ५ जेठ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउँदै कार्यान्वयन हुन लागेको विषयमा असहमति जनाउँदै नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र भिम रावलले प्रधानमन्त्री ओलीलाई पत्र लेखेका छन् ।

सरकारको नीति तथा कार्यक्रममा ‘ बुँदा नम्बर २११ मा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी प्रशासन लाइन आगाडि बढाइने छ’ आएपछि खनाल र रावलले एमसीसी पास गराउन खोजेको हो ? भनी प्रश्नसहितको पत्र लेखेका हुन् ।

एमसीसी पास गराउने या नगराउने भन्ने विषयमा विवाद भएपछि नेकपा बैठकले खनालको संयोजकत्वमा रावल र प्रदिप ज्ञवालीको सुझाव कार्यदल बनाएको थियो । उक्त कार्यदलले तत्काल कार्यान्वयन गर्न नहुने सुझावसहितको प्रतिवेदन अध्यक्षद्वय प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो ।

उक्त आयोजना सरकारको रकमले गर्ने कि एमसीसीको सहयोग रकमले भन्दै पत्रमा प्रश्न गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित