शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चर्चित युनिटी प्रकरणका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

दैनिक नेपाल २०७७ जेठ ५ गते १०:३४

काठमाडौं, ५ जेठ । तत्कालीन युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ ।

काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोकबहादुर टण्डनले जानकारी दिएका छन् ।

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अध्यक्ष टण्डनले बताए । ‘मेडिसिटी उपचार गराइरहनु भएको थियो’, उनले भने, ‘समस्या झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई हाम्रो अस्पतालमा ल्याइएको थियो ।’

टण्डनले भने, ‘आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’

सञ्चालक टण्डनका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो ।

शुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो ।

अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताएका छन् ।

अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित