शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विश्वमा कोरोना भाइरसबाट १८ लाखभन्दा धेरै निको

दैनिक नेपाल २०७७ जेठ ५ गते ९:३५

लण्डन, ५ जेठ । विश्वमा कोरोना भाइरसबाट सङ्क्रमित मध्ये साढे १८ लाख भन्दा धेरै निको भएका छन् ।

अहिलेसम्म १८ लाख ५५ हजार भन्दा धेरै जना उपचार पछि निको भएका हुन् । ४७ लाख ९८ हजार भन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । अहलेसम्म सङ्क्रमित ३ लाख १६ हजार ५ सय १४ जनाको भने ज्यान गएको छ ।

सबैभन्दा धेरै सङ्क्रमित देश अमेरिकामा ३ लाख ४६ हजार भन्दा धेरै निको भएका छन् भने त्यहाँ १५ लाख २७ हजार भन्दा धेरैमा सङ्क्रमण देखिएको छ। अमेरिकामा कोरोनाका कारण झण्डै ९१ हजार जनाको ज्यान गएको छ ।

यस्तै रुसमा ६७ हजार ३ सय ७३ जनाको निको भएका छन् भने २ लाख ८१ हजार ७ सय ५२ जना सङ्क्रमित भएका छन् भने ६७ हजार ३ सय ७३ जना निको भएका छन् । रुसमा २ हजार ६ सय ३१ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै सङ्क्रमित देशको तेस्रो नम्बरमा रहेको स्पेनमा दुई लाख ७७ हजार भन्दा धेरै सङ्क्रमित छन् भने २७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १९ हजार भन्दा धेरै उपचार पछि घर फर्किएका छन् ।

यस्तै बेलायतमा २ लाख ४३ हजार ६ सय ९५ जनामा सङ्क्रमण भएको छ भने ३४ हजार ६ सय ३६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाको इपिसेन्टर बन्दै गएको ब्राजिलमा २ लाख ४१ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १६ हजार जनाको ज्यान गएको छ । त्यहाँ ९४ हजार भन्दा धेरै उपचार पछि निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित