शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रौतहट र बारामा सोमबार बिहान ९ जनालाई कोरोना पुष्टि

दैनिक नेपाल २०७७ जेठ ५ गते ९:३०

काठमाडौं, ५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ९ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार रौतहट र बारा जिल्लामा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको इशानाथ नगरपालिकाको २, ३, ६ र ९ वडा निवासी क्रमशः २१ देखि ३० वर्षसम्मका पुरुषहरूलाई कोरोना पुष्टि भएको छ ।

रौतहट जिल्लाकै माधवनारायण नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षीय पुरुषलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।

बारा जिल्लाको करैयामाई नगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

९ जना सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सह–प्रवक्ता डा.अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित