६ कार्तिक २०८३, शुक्रबार

सेलपे सेवाबाट कोरोना भाईरसविरुद्ध बीमा गर्न सकिने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, ५ जेठ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलकम प्रदायक प्रा. लि.को सेल पे सेवाका ग्राहकले हाल विश्वभरि फैलिरहेको माहारी रोग कोरोना भाईरस(कोविड १९) विरुद्धको बीमा सुबिधा सेल पे मोबाईल वेब एप्लीकेशन मार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने जनाएकाे छ ।

संक्रमणको संख्यादै् बढगएको र नेपालमा पनि भासईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्यूनीकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेल पेसँग आबद्ध सगरमाथा इन्सुरेन्ससंगको कम्पनी सहकार्यमा कोरोना भाईरसविरुद्ध बीमा सुविधा खरिद गर्न सकिने सेवाको सुरुवात गरेको छ ।

सेल पेका ग्राहकले बीमा गर्नका लागिआफ्नो सेल पे एप्पमा गई कोविड १९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुपव्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्नसक्नु हुनेछ ।