शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लकडाउन १५ दिन थप्न सिफारिस, अहिले जारी मन्त्रिपरिषदले अन्तिम निर्णय गर्ने

दैनिक नेपाल २०७७ जेठ ४ गते १८:११

काठमाडौँ, ४ जेठ । कोरोनाभाइरस रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जेठ २० गतेसम्म बढाउन सिफारिस गरेको छ ।

सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले सरकार समक्ष जेठ २० गतेसम्म लम्ब्याउन सिफारिस गरेको हो । समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ ।

समितिले कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको हो ।

यसको अन्तिम निर्णय अहिले बालुवाटारमा जारी मन्त्रिपरिषद बैठकले गर्नेछ ।

बन्दाबन्दीको कारणले संभावित ठूलो जोखिमलाई काबूमा राखेको बैठकले निष्कर्ष निकालेको प्रधानामन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताएका छन् ।

त्यस्तै, बैठकले सुरक्षाको व्यवस्था प्रभावकारी तुल्याउने, आपूर्तिमा सहज बनाउनेलगायतका निर्णय पनि गरेको छ ।

पछिल्लो समय थपिएको लकडाउनको समय भोलि सकिँदैछ ।

प्रतिक्रिया
सम्बन्धित