३ कार्तिक २०८३, मंगलबार

उच्चस्तरीय समितिको बैठक सिंहदरबारमा जारी

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ जेठ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वको समितिको बैठक सिंहदरबारमा सुरु भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसिरहेको बैठकमा अहिलेसम्मको कोरोना नियन्त्रणको प्रयासबारे समीक्षा, लकडाउनको प्रभावकारिताबारे छलफल तथा समायवधिबारे निर्णय गरिने छ । त्यस्तै, लकडाउनको मोडालिटीबारे पनि छलफल गरिने समितिका एक सदस्यले जानकारी दिएका छन् ।

समितिको सिफारिसमा आजै बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको अवधिबारे निर्णय गर्ने छ ।