शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सत्तारुढ नेकपा उदयपुर अध्यक्ष आइसोलेशनमा

दैनिक नेपाल २०७७ जेठ ४ गते १५:११

सांकेतिक तस्बिर

काठमाडौं, ४ जेठ । उदयपुरका कोरोना संक्रमित पत्रकारसँग सम्पर्कमा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उदयपुर अध्यक्ष विनोद कटुवाल आइतबार आफैं अस्पतालको आइसोलेशनमा भर्ना भएका छन् ।

आफूलाई कोरोना संक्रमणको शंका भएपछि अस्पतालको आइसोलेशनमा पुगेको कटुवालले बताए ।

शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग कटुवाल सम्पर्कमा थिए । संक्रमित पत्रकार र अध्यक्ष कटुवाल सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए । अध्यक्ष कटुवाल र पत्रकारले भान्सासमेत एउटै प्रयोग गर्थे ।

घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाई पनि समस्या हुने भएकाले अस्पतालको आइसोलेशनमा पुगेको कटुवालले सार्वजनिक गरेका छन् ।

कटारी नगरपालिका–२ गुँरास अस्पतालको आइसोलेसनमा भर्ना भएका अध्यक्ष कटुवाल अब चिकित्सको प्रत्यक्ष निगरानीमा छन् । संक्रमित पत्रकारसँगै सम्र्पकमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र अर्का क्वारेन्टाइनमा राखिएका छन् । संक्रमित भएका पत्रकारसँगको सम्पर्कमा रहेका अन्य दर्जन बढीको ट्रेसिङको काम भइरहेको छ ।

उदययपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्र्चाज भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित