बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

अब लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा, मन्त्रिपरिषदले अनुमोदन गरी जारी गर्ने

दैनिक नेपाल २०७७ जेठ ४ गते १४:४६

काठमाडौं, ४ जेठ । सरकारले लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकमा भूमी व्यवस्था मन्त्रालयले तयार पारेको नक्सा मन्त्री पद्मा अर्यालले प्रस्ताव गर्ने भएकी छन् ।

मन्त्रिपरिषदले उक्त नक्सा नेपालको आधिकारीक भएको भन्दै पारित गरेपछि जारी गरिने बताइएको छ ।

उच्च स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद्को बैठकमा नै भूमी व्यवस्था मन्त्रालयले उक्त नक्सा प्रस्ताव गरी जारी गर्ने तयारी छ । भारत सरकारले गत बर्ष विवादीत नक्सा जारी गरेपछि नेपालले वार्तामार्फत त्यसको समाधान खोजेको थियो ।

तर, भारत सरकारले वास्ता गर्नुको साटो उक्त क्षेत्रमा सडक नै खनेपछि सर्वत्र विरोध भएपछि नेपाल सरकारले पनि नयाँ नक्सा जारी गर्न लागेको हो ।अब जारी हुने नक्सा नै नेपालको राजनीतिक तथा प्रशासनिक हुने निर्णयसहित सरकार अघि बढ्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित