शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

कोरोना भाइरस : संक्रमितमा भारतले चीनलाई उछिन्यो, खतरामा नेपाल

दैनिक नेपाल २०७७ जेठ ४ गते ११:२२

काठमाडौं, ४ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्यामा चीनलाई भारतले उछिनेपछि खुला सीमा रहेको नेपालमा खतरा बढेको छ ।

नेपालमा हालसम्म देखिएका अधिकांश संक्रमित सीमा क्षेत्रमा रहेका क्वारेन्टाइनमा राखिएका वा लुकीछिपी भारतबाट नेपाल छिरेका नै रहेका छन् ।

खुला सीमाका कारण भारतमा रहेका नेपालीहरूका साथै तुलनात्मक रूपमा कम संक्रमित रहेको भन्दै केही भारतीयहरू नै पनि नेपालमा आउन सक्ने हुँदा जोखिम बढेको । दुई देशका नागरिकबीच आवागमन नियन्त्रण गर्ने प्रयास प्रभावकारी हुन नसक्दा नेपालका लागि समस्या बढ्न सक्ने विज्ञहरु बताउँछन् ।

अहिले भारतबाट नेपालीहरू फर्किने क्रम बढेको र सीमावर्ती जिल्लामा संक्रमित भेटिएकाले नेपालले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न विलम्ब गर्न नहुने धारणा धेरैको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको ९१ हजार नजिक पुगेको छ । आइतबार बिहानसम् मभारतमा ९० हजार ९ सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

कोरोनाभाइरस संक्रमण गत वर्ष चीनको बुहान राज्यबाट फैलिन सुरु भएको थियो । चीनमा संक्रमितहरुको कुल संख्या ८४ हजार नाघेको छ । नेपालमा हालसम्म कोरोनाभाइरसबाट २९१ पुगेका छन् भने एक जनाको मृत्यु पुष्टि भइसकेको छ । मृत्यु हुनेहरूको संख्याको हिसाब हेर्ने हो भने चीन अगाडि छ। त्यहाँ ४,६३७ जनाले ज्यान गुमाएका छन्। भारतमा उक्त संख्या २,८ सय ७२ छ ।

चीनमा नियन्त्रणतिर भए पनि भारतमा तिव्र गतिमा संक्रमित र मृतक बढिरहेका छन् ।

मुलुकका विभिन्न सहरमा संक्रमण बढेसँगै नेपालमा पनि अस्पताल तथा विभिन्न पूर्वाधार अपुग रहेको बताइएको छ । तर स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार डा. खेम कार्कीका अनुसार नेपालमा अहिलेका संक्रमितहरूमा सामान्य संकेत मात्रै देखिएको छ र उनीहरूलाई अस्पतालमा विशेष उपचारको आवश्यकता नभएको बीबीसी नेपालीले उदृत गर्दै लेखेको थियो ।

नेपालमा खतराको घण्टी बजेपछि सरकारले लक डाउनलाई थप बलियो बनाउने तयारी गरेको छ भने परिक्षणमा पनि तिव्रता दिने तयारी छ । तर, सर्वसाधारण र विज्ञले सरकारको यो तयारी पर्याप्त नभएको बताइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित