३ कार्तिक २०८३, मंगलबार

लक डाउन कम्तिमा १० दिन थपिने

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । सरकारले जारी लक डाउन कम्तिमा १० दिन थप्ने तयारी गरेको छ । आइतबार साँझ बस्ने मन्त्रिपरिषदको निर्णयले १५ जेठसम्मका लागि लक डाउन थप्ने तयारी गरेको हो ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा सरकारले लक डाउन थप्ने तयारी गरेको हो । उच्चस्तरीय समितिको बैठक आइतबार दिउँसो २ बजे बसेर सिफारिस गर्नेछ ।

लक डाउनलाई थप कडा र मोडालिटी परिवर्तन गरी मन्त्रिपरिषदको बैठकमा पेस गर्न लागिएको उच्चस्तरीय समिति स्रोतले जनाएको छ ।