शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतबाट आएर क्वारेन्टाइनमा बसेका युवककाे नरैनापुरमा मृत्यु

दैनिक नेपाल २०७७ जेठ ४ गते १०:४८

नेपालगन्ज, ४ जेठ । बाँके जिल्लाको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।

गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहका अनुसार क्वारेन्टाइनमा रहेका उनको स्वास्थ्यमा खराबी आएसँगै मृत्यु भएको हो ।

उनमा कोरोना भाइरस भए नभएको रिपोर्ट आउन बाँकी छ । उनीसहितका २६३ जनाको परीक्षणका लागि स्वाब संकलन भएको भएको थियो ।

मृत्यु हुने नरैनापुरको दीपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवा हुन् । उनी वैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

मृतक युवामा कोरोना भाइरसका सामान्य लक्षण अगाडि नै देखिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित