शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आज बिहान दश जनामा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ जेठ ४ गते ७:५१


काठमाडौं, ४ जेठ । आइतबार बिहान नेपालमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान सवा ७ बजे अध्यावधिक विवरण अनुसार थप १० जनामा नयाँ पुष्टि भएको हो ।

नयाँ पुष्टि हुनेमा रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ पुरुषहरू रहेका छन् ।

त्यसैगरी, रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरूमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं गरिएको परीणमा उनीहरूमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्राप्त विवरणअनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट महिलाको शनिबार मृत्यु भएको अर्को दिन आइतबार दश जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित