शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सीमामा सुरक्षाकर्मीको अस्थायी पोस्टमा भारतीयकाे आक्रमण प्रयास, हवाई फायर

दैनिक नेपाल २०७७ जेठ ४ गते ७:००

फाइल तस्वीर

झापा, ४ जेठ । सीमा क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीको अस्थायी पोस्टमा भारतीय नागरिकले आक्रमण प्रयास गरेपछि सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेका छन् ।

दक्षिणी झापाको कचनकवल सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमणको प्रयास भएपछि प्रतिकारमा हवाई फायर गरेका हुन् ।

शनिबार साँझ साढे ७ बजेको समयमा डेढदेखि दुई सय जना भारतीय नागरिकको जत्थाले नेपाली भूमिमा आएर सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्न खोजेको प्रहरीले जनाएको छ  ।

प्रहरीले गोली चलाएपछि उनीहरू त्यहाँबाट भागेका थिए । यता भारतीय नागरिकले सीमा क्षेत्रमा आएर आक्रमण प्रयास गरेपछि भारतीय एसएसबीसँग जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले बताए ।

केही दिनअघि नेपाली भूमिमा अन्नबाली लगाएका भारतीय नागरिकलाई नेपालका सुरक्षाकर्मीले सीमामै रोकेका थिए । सोही विषयलाई लिएर उनीहरूफेरि आएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित