मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

काठमाडौंको टोखा नगरपालिका शिल, कोरोनाबाट ज्यान गुमाएकी सुत्केरी टोखामा बसेको पुष्टि

दैनिक नेपाल २०७७ जेठ ३ गते २३:१३

काठमाडौं, ३ जेठ । काठमाडौंको टोखा नगरपालिका शनिबारबाट शिल गरिएको छ ।

कोरोनाबाट ज्यान गुमाएकी सिन्धुपाल्चोककी सुत्केरी टोखा नगरपालिकामा बसेको पुष्टि भएपछि सम्भावित कोरोना संक्रमण रोक्न टोखा नगरपालिका क्षेत्र शिल गरिएको मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

टिचिङ अस्पतालमा वैशाख २४ गते सुत्केरी हुनुअघि उनी यस नगरपालिकाको वडा नं ९, गंगबुमा बस्दै आएकी थिइन । यसको तथ्य खुल्ना साथ नगरपालिकाले काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने त्यस क्षेत्र शिल गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित