बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

यी हुन नेपालमा कोरोनाबाट ज्यान गुमाउने पहिलो महिला

दैनिक नेपाल २०७७ जेठ ३ गते २१:५४


काठमाडाैं, ३ जेठ। अन्ततः नेपालमा पनि कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ ।

धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चोककी यी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २९ वर्षीया उनको कोरोनाकै कारण मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शनिबार विज्ञप्तिमार्फत पुष्टि गरेका हुन ।

काठमाडौंको टिचिङ अस्पतालमा ९ दिनअघि अर्थात् वैशाख २४ गते बच्चा जन्माएकी उनी २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन । तर ज्वरो देखिएर श्वासप्रस्वासमा समस्या देखिएपछि बिहीबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-९ घर भएकी उनको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उनको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित