६ कार्तिक २०८३, शुक्रबार

मकै बालीको उचित मूल्य नहुँदा रौतहटका किसान चिन्तित

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपेन्द्र पटेल

रौतहट, ३ जेठ । मकै बालीको उचित मूल्य नहुँदा राैतहटका किसान चिन्तित बनेका छन् ।

किसानले लगाएको मकै बालीको उचित मूल्य नहुँदा किसान चिन्तित बनेका हुन् । मकै बाली लकडाउनका कारण अन्य वर्ष जस्तो यस वर्ष मूल्य नहँदा बन्दाबन्दी कारण पीडा खेपिरहेका किसान झन् पीडा परेको रौतहटकोे बृन्दावन नगरपालिकाका किसान बच्चु पटेलले बताएका छन् ।

अन्य वर्ष प्रतिकुईन्टल २३ सयदेखि २६ सयसम्म मूल्य रहने मकै बालीको भाउँ यस वर्ष १८ सयदेखि २ हजारसम्म मात्र रहेको स्थानीय किसान पटेललले बताए ।

धेरै मेहनतका साथ उबजाउनुपर्ने मकै बालीको उचित भाउँ नहुँदा किसान पीडित बनेका छन् । हावाहुरीका कारण मकैबालि उत्पादनमा समेत कमी आएका किसानलाई उचित मूल्य नहुँदा चिन्तित सताइ रहेका छन् ।