बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो त्रैमासिक वित्तीय नतिजा

दैनिक नेपाल २०७७ जेठ ३ गते ६:२२

काठमाडाैं, ३ जेठ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आ.व. ०७६/७७ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । असहज परिस्थितिको बाबजुद वित्तीय संस्थाले चालु आ. व. को तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ५८ प्रतिशत (रू. ७ करोड १६ लाख) ले वृद्धि गरी रू.१९ करोड ४८ लाख सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ५६.४३ प्रतिशत (रू. ४ करोड ४३ लाख) को वृद्धि सहित रू. १२ करोड २७ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रू. ७ करोड ८४ लाख रहेको थियो ।

यस आ.व.को तेस्रो त्रैमाससम्ममा कुल कर्जा दोश्रो त्रैमासको भन्दा रू १ अर्ब ८८ करोड वृद्धि गरी रू. ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ३ अर्ब ५ करोडले बढि हो र बचत संकलनतर्फ रू.२२ करोडले वृद्धि गरी रू. १ अर्ब १ करोड पु¥याउन वित्तीय संस्था सफल भएको छ, जुन गत आ.व.को तेश्रो त्रैमासको भन्दा ५६ करोडले बढि हो । वित्तीय संस्थाले आफ्नो रणनीति अनुसार कर्जा लगानीलाई विविधिकरण गर्दै आएको छ । यस त्रैमासमा वित्तीय संस्थाले आफ्नो निश्कृय कर्जा अनुपातमा सुधार ल्याई ०.३२ प्रतितशतमा कायम राख्न सफल भएको छ ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टडकारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको ३ प्रतिशत ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नु बुझाउनुपर्ने सम्पूर्ण रकम जेष्ठ मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा हर्जाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ । यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुने भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ ।

आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले रु ४७ करोड ५५ लाख बराबरको प्राथमिक सर्वसाधारण शेयर निष्काशन (क्ष्एइ) निकट भविष्यमा जारी गर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित