शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

कतार एयरवेजद्वारा फ्लेक्जीबल बुकिङ पोलिसी थप

दैनिक नेपाल २०७७ जेठ ३ गते ६:०७

दोहा, ३ जेठ । कतार एयरवेजले ग्राहकहरुलाई विकल्प प्रदान गर्दै यात्रा योजनाको कार्यलाई सहज बनाउने दृष्टिकोणले आफ्नो फ्लेक्जीबल बुकिङ पोलिसी थप गर्ने भएको छ ।

एयरलाइनले यस नीति अन्तर्गत असीमित मिति परिवर्तन गर्ने सहजता प्रदान गर्नुको साथै यात्रुहरुले ५००० माइलको दूरी भित्रका कुनै पनि गन्तव्यसँग परिवर्तन गर्न पाउनेछन् ।

यसका लागि ३१ डिसेम्बर २०२० सम्म एयरलाइनले कुनै शुल्क लिने छैन । उक्त मितिसम्म खरिद गरिएको टिकट जारी मितिबाट आगामी २ वर्षसम्म प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित