झापा, २ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा रहेकाे निवासबाट शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाडाैं फिर्ता भएका छन् ।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुअघिदेखि शाह झापामा रहेका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल शाहसमेत पाँच जनाको सवारी पास जारी गरिएको बताए ।
पूर्वराजा शाहका तर्फबाट उनको सचिवालयले काठमाडाैं जानका बिहीबार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो ।
अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।











प्रतिक्रिया