७ मंसिर २०८३, सोमबार

भगवानपुर गाउँपालिकामा विपन्न र दलित परिवारलाई राहत वितरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेश सिंह

सिरहा, २ जेठ । लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरूलाई गाउँपालिकाले राहत सामग्री बितरण गरेकाे छ ।

सिरहाको भगवानपुर गाउँपालिकामा बिहीबारदेखि राहत वितरण कार्य सुरु गरिएको हो । वडा ३ र ५ का ३०० दलित घरपरिवारहरूलाई राहत वितरण गरिएको छ ।

गाउँपालिकामा दलित, अति विपन्न परिवारहरूलाई पहिलो प्राथमिकता दिई राहत वितरण कार्य गरिएकाे छ । शुक्रबार वडा नम्बर ३ र ५ मा राहत वितरण कार्य पूरा गरि वाडा नम्बर १, २ र ४ मा पनि राहत वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत सुजितकुमार यादवले बताए ।

राहत वितरण सामग्रीमा गुणस्तरीय चामल २५ किलाे, दाल २ किलाे , नुन १ किलाे र तेल १ लिटर गरि वितरण गरेकाे गाउँपालिकाको अध्यक्ष बेचनप्रसाद यादवले बताए ।