७ मंसिर २०८३, सोमबार

विराटनगरबाट एक संक्रमित डिस्चार्ज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ जेठ । संक्रमण पुष्टि भएर विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएका थप एकजना बिहीबार डिस्चार्ज भएका छन् ।

केन्द्रमा राखेर उपचार हेरचाह गरिएका भारतीय नागरिक २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेको जनाइएको छ । उक्त केन्द्रमा राखिएकामध्ये उनीसहित डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ ।

उदयपुरको भुल्केमा रहेका सुल्तानको परीक्षण गर्दा गत वैशाख ५ गते संक्रमण पुष्टि भएको थियो । डिस्चार्जपछि उनलाई रानीस्थित क्‍वारेन्टाइनमा राखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

केन्द्रमा अब १८ जना संक्रममित छन् । चिकित्सकले ती सबैको अवस्था सामान्य रहेको जनाएको छ । उदयपुर, झापा र भोजपुरमा गरी ३५ जनामा संक्रमण देखिएको थियो । ती सबैलाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो ।

यसैबीच, परीक्षणको कामलाई तीव्रता दिइएको प्रदेश १ सरकारले जनाएको छ । बिहीबारसम्म प्रदेश १ मा १२ हजारभन्दा बढीको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले जनाएको छ । पीसीआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ ।