
काठमाडौं, ३१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले खतरा महसुस नगरेको भन्दै सुरक्षाकर्मी फिर्ता लैजान सरकारलाई अनुरोध गरेका छन् ।
सशस्त्र प्रहरीको सुरक्षाकर्मी पूर्वउपप्रधानमन्त्रीका हैसियतमा उनका लागि खटाइएको थियो । आफूले पछुवा गाडी खासै प्रयोग नगरेको उल्लेख गरेका उनले ट्वीटरमार्फत यस्तो अनुरोध गरेका हुन् ।
हेर्नुहोस् नारायणकाजीको ट्वीट
थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफुलाई सुरक्षा खतरा महशुष गरेको छैन।राज्य सँयन्त्रले त्यस्तो आँकलन गरेको छ भनेपनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपुर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताकालागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेकोभए क्षमा याचना।
— NKShresthaPrakash (@nksthaprakash) May 13, 2020











प्रतिक्रिया