न्युयाेर्क, ३१ वैशाख । अमेरिकाको सर्वोच्च अदालतमा राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको आर्थिक गतिविधि गोप्य राख्न पाउने वा नपाउने भन्ने सम्बन्धमा बहस भएको छ । सर्वोच्च अदालतका न्यायाधीशले दुवै पक्षका वकिलेको दलिल सुनेका हुन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो आर्थिक गतिविधि सम्बन्धी कागजात प्रस्तुत गर्न अस्वीकार गर्दै आएका छन् । कागजात सार्वजनिक गर्दै आफ्नो वास्तविक सम्पत्ति तथा पारिवारिक कम्पनीको काम एवम् आर्थिक गतिविधि बाहिर आउने भएकाले ट्रम्पले अस्वीकार गर्दै आएका हुन् ।
कंग्रेसका दुई कमिटि र न्यूर्योकका कानूनी अधिकारीले ट्रम्पको कर सम्बन्धी विवरण र अरु जानकारी सार्वजनिक गर्नु पर्ने माग गर्दै आएका छन् । ट्रम्पका व्यक्तिगत वकिलले ह्वाइट हाउसमा रहँदा आफ्ना क्लाइन्ट पूर्ण रुपमा स्वच्छ रहेको वकालत गरे ।
यो मुद्दामा केही हप्ताभित्रै रुलिङ्ग आउने अपेक्षा छ । ट्रम्पले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गर्न अस्वीकार गर्दै आएका छन् । पछिल्लो समयमा यसरी कर सम्बन्धी विवरण सार्वजनिक गर्न नमान्ने उनी एक मात्र अमेरिकी राष्ट्रपति हुन् ।
यसअघिका राष्ट्रपतिहरुले सबै विवरण सार्वजनिक गर्दै आएका थिए । ट्रम्पले विवरण सार्वजनिक गरेमा त्यसको असर आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा पर्न सक्ने छ ।
कोरोना भाइरसको महामारीका कारण सर्वोच्च अदालतका न्यायाधीशले वलिकहरुको बहस भिडियो लिंक मार्फत सुनेका हुन् । सर्वोच्च अदालतमा हाल कन्जरभेटिभ अर्थात रिपब्लिकनको पक्षमा उभिन सक्ने न्यायाधीशको बहुमत छ । सर्वोच्चका ९ न्यायाधीश मध्ये पाँचजना कन्जरभेटिभ छन् ।
वासिङ्गटन र न्यूयोर्कका अदालतले राष्ट्रपति ट्रम्पको विपक्षमा अर्थात उनले आफ्नो आर्थिक गतिविधि सम्बन्धी विवरण सार्वजनिक गर्नु पर्ने पक्षमा फैसला गरेका थिए । तर तीन फैसलाहरु अहिले होल्ड गरिएका छन् । सर्वोच्च अदालतको रुलिङ्गले नै यो मुद्दाको अन्तिम फैसला गर्ने छ ।
डेमोक्र्याटकको नियन्त्रण रहेको तल्लो सदनका दुई समितिले ट्रम्पका दुई बैंकमा रहेको खाताको विवरण मागेका छन् ।















प्रतिक्रिया