७ मंसिर २०८३, सोमबार

नेकपाको स्थायी समिति बैठक अचानक स्थगित

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिकाे बैठक स्थगित भएको छ ।

बैठक बुधबार बिहान पार्टी मुख्यालय धुम्बाराहीमा ११ बजे बस्ने कार्यक्रम थियाे ।

बैठक बस्ने अन्तिम समयमा आएर स्वास्थ्य सुरक्षा लगायतका कारण बैठक स्थगित गरिएको हो । अनिश्चित कालका लागि बैठक स्थगित गरिएको छ ।

देशका विभिन्न स्थानबाट स्थायी समिति सदस्यहरू आउने, उनीहरूको स्वास्थ्य परीक्षण नगरिएको तथा काठमाडौं लगायतका स्थानमा कोरोना संक्रमितको संख्या बढेपछि स्थायी समितिकाे बैठक स्थगित गरिएको हो ।