३ कार्तिक २०८३, मंगलबार

नेपाली भूमिमा रहेका भारतीय सुरक्षाकर्मी हटाउन नेपाल सरकारलाई निर्देशन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । सरकारलाई प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कालापानीमा रहेको भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन निर्देशन दिएको छ ।

भारतद्धारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन, लिम्पियाधुरा, लिपुलेकलगायत क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटिनीतिक र अन्य आवश्यक कार्य गर्न समितिले सरकारलाई निर्देशन दिएको हो ।

त्यस्तै, समितिले सरकारलाई अतिक्रमित भूमिलाई अविलम्ब नक्सा प्रकाशित गर्न पनि निर्देशन दिएको छ । समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक बनाउनु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको ठहर गरेको छ ।

समितिले आइतबार र सोमबार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्याकुमारी अर्यालसँग गरेको थियो । पछिल्लो समय भारतले नेपालको भूमि अतिक्रमण गरेर सडक उद्घाटन गरेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ ।