३ कार्तिक २०८३, मंगलबार

प्यूठानका ११ जनामा आरडीटीमा पोजेटिभ, स्वाब भैरहवा पठाइँदै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । प्यूठान जिल्लामा ११ जनाको आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । प्यूठान नगरपालिका ९ मरन्ठानास्थित क्वारेन्टाइनमा रहेकाको परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

उनीहरुमा मंगलबार आरडीटी गर्दा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु २१ देखि ३८ वर्षसम्मका छन् । त्यस्तै, ८ पुरुष र ३ महिला रहेका छन् ।

उनीहरुमध्ये एक जना लमजुङ र बाँकी काठमाडौँबाट पुगेका हुन् । उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर भैरहवा पठाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।