३ कार्तिक २०८३, मंगलबार

नेपालमा पहिलोपटक नर्समा कोरोना संक्रमण भेटियो

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । नेपालमा पहिलोपटक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुको एक अस्पतालमा कार्यरत नर्समा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मंगलबार जिल्लमा ९ जनामा कोरोना संक्रमण भेटिएको थियो । जसमध्ये ८ जना नगरपालिकाका क्वारेन्टाइनमा रहेका र एक जना तौलिहवा अस्पतालमा काम गर्ने नर्समा संक्रमण देखिएको हो ।

तौलिहवा अस्पतालका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएकामध्ये एक जना नर्समा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।