
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली ओलीले नेपाली भूमि लिपुलेकमा भारतले अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् ।
उनले यसबारे मलाई कसैले पनि रिपार्टिंग नगरेको भन्दै मंगलबारको मन्त्रिपरिषद बैठकमा गुनासो गरेका छन् ।
बैठकमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सीमा विवादबारे र पार्टीका सांसद र विभिन्न छलफलमा भएका विषयबारे जानकारी गराएका थिए ।
त्यसपछि यसबारेमा प्रधानमन्त्री ओलीले बोलेका बैठकमा उपस्थित एक मन्त्रीले जानकारी दिएका छन् । ओलीले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए ।
तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै उनले वि. सं. २०५५/०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका थिए ।
‘सीडीओले रिपोर्टिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने ।
सीमाको समस्या समाधानका लािग भारतसँग पटकपटक कुरा उठाउँदै आएको भए पनि भारतको नियत ठीक नभएको ओलीले बताए ।
‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
प्रधानमन्त्री ओलीले काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट रहेको भन्दै यसबारेको समस्या कुटनीतिक तवरबाट समाधान खोज्नुपर्नेमा जोड दिए ।















प्रतिक्रिया