३ कार्तिक २०८३, मंगलबार

कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, ३० वैशाख । आफ्नै छिमेकीलाई कैंची प्रहार गरी घाइते बनाएको अभियोगमा ललितपुर महानगरपालिका ९ बालकुमारी बस्ने धादिङ घर भएका ३० वर्षीय बसन्त दर्लामी मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित झोलुंगेपुल नजिक मगरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने बर्दिया ठाकुर नगरपालिका २ घर भएका २० वर्षीय पुरुषलाई घाइते बनाएको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बालकुमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।