३ कार्तिक २०८३, मंगलबार

खुकुलो भएको लकडाउन कडा बनाउनुपर्छ : प्रधानमन्त्री ओली

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । काठमाडौँमा लकडाउन खुकुलो भएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा कोरोनाभाइरसको संक्रमण बढीरहेको बेलामा लकडाउन खुकुलो बनाउने कुरा ठीक नभएको बताएका हुन् ।

प्रधानमन्त्रीले ओलीले मानिसको जीवनभन्दा ठूलो अर्थतन्त्र नभएको पनि बताएका छन् । जोखिमलाई ध्यानमा राखेर उनले खुकुलो भएको लकडाउनलाई कडा बनाउन समेत निर्देशन दिएका छन् ।

सरकारले गत शुक्रबारदेखि ४२ उद्योगहरु खोल्न अनुमति दिएको थियो । निश्चित समय पसलहरु पनि खोल्न दिएकाले काठमाडौँमा भीड बढ्न थालेको छ ।

लकडाउन खुकुलो हुन नपाउँदै नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । मंगलबार मात्रै ५७ जना नयाँ संक्रमित फेला परेका छन् ।