बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

कविता : त्यो गणतन्त्रको के अर्थ ?

टिकार्जन सिवाकोटी २०७७ वैशाख ३० गते १४:२५


टिकार्जन सिवाकोटी

त्यो ज्ञानको के काम जसले अन्धकारलाई उज्यालो बनाउँदैन ?
त्यो साथीको के काम जसले साथीलाई असल मित्र बनाउन सक्दैन ?
त्यो प्रयत्नको के अर्थ जसले कुनै सफलता दिन सक्दैन ?
त्यो राजनीतिको के फूर्ति जसले समाजमा समृद्धी दिन सक्दैन ?
त्यो लोकतन्त्र, सङ्घियता त्यसमाथिको गणतन्त्र के अर्थ
जसमा मानिसको आधारभूत अधिकारका लागि झोले हुनुपर्छ ?

त्यो प्रधानमन्त्रीको के काम जसले आफ्नो देशको सिमाना चिन्दैन ?
ती पत्रकारको के काम जसले आफ्नो धर्म छोडेर सत्य, तथ्य र निस्पक्षको सट्टामा हावा, पक्षपातपूर्ण काम गर्छन् ?

होसियार सबै, जनता जागिसके, आफूलाई जगाइसके,

कि त आफ्नो काम कर्तव्य र अधिकारको मर्यादित र विवेकशील भएर ईमानदारीताका साथ गर्न परो
नत्रभने जनताको विवेक, मर्यादा र आक्रोशको सामना गर्न हम्मे पर्ला !

प्रतिक्रिया
सम्बन्धित